प्रतिस्पर्धालाई अन्यथा नलिऔँ, परिणाम जस्तो आएपनि स्वीकार्य : ईश्वर पोखरेल | ईमाउण्टेन समाचार

Our Network

फागुन १४ २०८२, शुक्रबार

प्रतिस्पर्धालाई अन्यथा नलिऔँ, परिणाम जस्तो आएपनि स्वीकार्य : ईश्वर पोखरेल

काठमाडाैं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले निर्वाचनको परिणाम जस्तोसुकै आएपनि स्वीकार्य हुने स्पष्ट पार्नुभएको छ । सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता पोखरेल यस्तो बताउनुभएको हो ।

उहाँले पार्टीभित्र प्रतिष्पर्धाको राजनीति एमालेले आत्मसाथ गरेको सिद्धान्त भएको भन्दै यसलाई अन्यथा लिन नहुने समेत बताउनुभयो । उहाँले पार्टीभित्र हुने प्रतिष्पर्धाले पार्टीलाई तप मजबुत र लोकतान्त्रिक बनाउन सहयोग पुग्ने भन्दै प्रतिष्पर्धालाई अस्वभाविक रूपमा लिन नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पार्टीभित्र प्रतिष्पर्धाको राजनीति भनेको हामीले आत्मसाथ गरेको विचार हो । त्यसकारण यसलाई के के न होला भनेर सोच्नुहुदैन । अरु पार्टीले यस्तो गरेको भए ओहो उत्पात राम्रो भनिन्थ्यो । एमालेले प्रतिष्पर्धाको अभ्यास गर्दाखेरी यो त राम्रो हो भन्नुपर्यो नि । प्रतिस्पर्धा गर्न तयार हुनेले प्रतिस्पर्धाबाट प्राप्त हुने परिणामलाई पनि स्वीकार गर्छ । हामी स्वीकार्छौं ।’

उहाँले महाधिवेशन प्रतिनिधिहरुले स्वविवेक प्रयोग गर्ने भन्दै उहाँहरुको मतको कदर गर्दै अगाढि बढ्नुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply