पक्ष-विपक्ष छैन, हामी सबै एमाले हौँ : कृष्णगोपाल श्रेष्ठ | ईमाउण्टेन समाचार

Our Network

माघ ३० २०८२, शुक्रबार

पक्ष-विपक्ष छैन, हामी सबै एमाले हौँ : कृष्णगोपाल श्रेष्ठ

काठमाडाैं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष, विपक्ष नरहेको बताउनुभएको छ ।  बुधवार बन्दसत्रस्थल भृकुटीमण्डपमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । सबै एमाले भएकाले जित, हार एमालेकै हुने बताउनुभयो । उहाँले सबैभन्दा पहिला देश रहेकाले देश रहेमात्रै पार्टी रहने बताउनुभयो ।

उहाँले देश बनाउन राजनीतिक दलहरु रहनुपर्ने बताउनुभयो । नेकपा एमालेलाई जनताको मन मनमा समेट्नुपर्ने जरुरी रहेको बताउनु भयो । कार्यकर्ताबाटै नेता बन्ने भएकाले कार्यकताले गरेको फैसला मञ्जुर हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सबैभन्दा पहिलो कुरा देश हो । देश रहे मात्रै हामीले पार्टी बनाउँछौँ । त्यसपछि मात्रै जनताको समृद्ध नेपाल र सुखी नेपाली पूरा गर्नसक्छौँ । पहिला देश नै हो । देश बनाउन पार्टी बच्नु जरुरी छ । नेकपा एमालेलाई जनताको मनमनमा समेट्नुपर्छ । कार्यकर्ताबाटै नेताहरु बन्ने हो । आवधिक चुनावलाई विश्वास गर्ने पार्टीका नेताहरु हौँ । कार्यकर्ताबाट नेता छानिने कुरा हो । कुन पक्ष,विपक्ष छैनौँ । हामी सबै यहाँ एक पक्ष एमालेनै छौँ । जो राम्रा साथीहरुलाई विश्वास गर्छन्, त्यसैले नेतृत्व गर्दछ।’

नेता श्रेष्ठले ईश्वर पोखरेल, नेकपा मालेदेखि एमाले बनाउने आर्किटेक्ट भएको बताउनुभयो । कार्यकर्ताले गरेको फैसलाअनुसार नेतृत्व चयन हुने बताउनुभयो ।

Leave a Reply