जेन–जी र सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणी : ‘कलाबिहीन भद्दा नाटक’ | ईमाउण्टेन समाचार

Our Network

फागुन १० २०८२, सोमबार

जेन–जी र सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणी : ‘कलाबिहीन भद्दा नाटक’

काठमाडाैं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जेन–जी र सरकारबीच भएको सम्झौता कलाबिहीन भद्दा नाटक भएको टिप्पणी गर्नुभएको छ । बिहीबार राजधानी काठमाडौंमा सम्पादकहरुसँगको संवादमा उहाँले यस्तो टिप्पणी गर्नुभएको हो।

उहाँले वर्तमान सरकारले प्रणाली र व्यवस्थाबारे कुनैपनि प्रकारको सम्झौता गर्न नमिल्ने बताउनुभयो । उहाँले कुनैपनि प्रणाली र व्यवस्थाका बारेमा सम्झौता गर्ने म्याण्डेट यो सरकारले कहाँबाट पायो ? भन्दै प्रश्न गर्नुभयो । उहाँले सरकार र जेनजीबीच भएको सम्झौता सोही ठाउँमा च्यातेर अस्वीकार भएको भन्दै धेरै टिप्पणी गर्न आवश्यक नहुने तर्क गर्नुभयो ।

उहाँले संसद पुनःस्थापनाको विकल्प नभएको पनि बताउनुभयो । वर्तमान सरकारले निर्वाचन गराउन नसक्ने जिकिर गर्दै संसद पुनःस्थापन नै अन्तिम विकल्प भएको बताउनुभयो ।

Leave a Reply