केपी ओलीकै नेतृत्वमा एमाले अघि बढ्छ : लेखराज भट्ट | ईमाउण्टेन समाचार

Our Network

फागुन २० २०८२, बिहीबार

केपी ओलीकै नेतृत्वमा एमाले अघि बढ्छ : लेखराज भट्ट

काठमाडाैं । नेकपा (एमाले)का सचिव लेखराज भट्टले पार्टीको नेतृत्वको केपी शर्मा ओलीको विकल्प नभएको बताउनुभएको छ ।

काठमाडौंमा आयोजित सञ्चारकर्मीसँगको अन्तरसंवाद कार्यक्रममा बोल्दै उहाँले मुलुकको राष्ट्रियता, सार्वभौमिकता, स्वाभिमान, अखण्डतालाई बलियो बनाउनका लागि पनि ओलीलाई नेतृत्वमा निरन्तरता दिएर अघि बढ्ने निष्कर्षमा पुगिएको बताउनुभएको हो ।

सचिव भट्टले नेपाललाई समृद्ध बनाउने र सबै नेपाली जनतालाई खुशी बनाउने समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पना पूरा गर्न पनि ओलीलाई पार्टीले नेतृत्वमा स्वीकार गरेर अघि बढ्नुपर्ने अवस्था रहेको तर्क गर्नुभयो ।

सचिव भट्टले आफूले नेतृत्वको सल्लाह अनुसारनै पार्टीको जिम्मेवारी लिने योजना बनाएको पनि बताउनुभयो ।

Leave a Reply