केबिन क्रूको भूमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैन : मन्त्री सिन्हा | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८२, बिहीबार

केबिन क्रूको भूमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैन : मन्त्री सिन्हा

काठमाडाैं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले उड्डयन क्षेत्रमा मानव केन्द्रित सेवाको महत्व बढ्दै गएको बताउनुभएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिन्हाले उड्डयनका क्षेत्रमा बढ्दो प्रविधिका बाबजुद मानवकेन्द्रित सेवाको महत्व बढ्दै गएको बताउनुभएको हो ।

उहाँले प्रविधिमा आधारित परिवर्तनलाई अझ सुदृढ बनाउन जरुरी रहेको उल्लेख गर्दै विमान केवल यात्रु बोक्ने साधन मात्र नभई नवप्रवर्तन, प्रविधि, सुरक्षा र मानव केन्द्रित सेवाको संयोजन भएको बताउनुभयो । उहाँले विश्वभर उडानलाई सुरक्षित, वातावरणमैत्री र यात्रुअनुकुल बनाउन नयाँ–नयाँ प्रवर्तन भइरहेका बेला एआई र आधुनिक प्रविधि पनि तिब्र गतिमा प्रवेश गरिरहेको पनि उल्लेख गर्नुभयो । यद्यपि प्रविधि बढ्दै गए पनि केबिन क्रूको भूमिकालाई कुनै मेसिनले प्रतिस्थापन गर्न नसक्ने मन्त्री सिन्हाको भनाइ छ ।

उहाँले प्रभावकारी उड्डयन सेवा प्रवाह गर्न सरोकावालाहरुलाई आग्रह पनि गर्नुभयो ।

Leave a Reply