जनकपुरधाम। मधेश प्रदेशमा आइतबार तीन नयाँ मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादव, नेपाली कांग्रेसका जंगीलाल राय र नेकपा एसका कनिश पटेललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।
जनमतका यादवलाई अर्थमन्त्री, राय र पटेललाई बिना विभागीय मन्त्रीको रुपमा शपथ ग्रहण गराइएकाे छ ।





