जेन-जी पुस्ताकाे रियल लिडर एमाले भएकाे उपाध्यक्ष पाैडेलकाे दाबी | ईमाउण्टेन समाचार

Our Network

फागुन १ २०८२, शनिबार

जेन-जी पुस्ताकाे रियल लिडर एमाले भएकाे उपाध्यक्ष पाैडेलकाे दाबी

काठमाडाैं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले जेन–जी पुस्ताको रियल लिडर आफ्नो पार्टी भएको दाबी गर्नुभएको छ । प्रेस चौतारी नेपालले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।

उपाध्यक्ष पौडेलले एमाले  जेन–जीको जायज आकंक्षा र अपेक्षाका विरुद्ध कहिल्यै नरहेको र नरहने समेत स्पष्ट पार्नुभयो । एमाले कहिल्यै जेन–जी विरुद्ध नरहेको उहाँको भनाइ थियो । उपाध्यक्ष पौडेलले एमालेले सबै उमेर समूहका नागरिकहरुको प्रतिनिधित्व गरिरहेको जिकिर समेत गर्नुभयो ।

उपाध्यक्ष पौडेलले सरकारले निर्वाचनको लागि आवश्यक वातावरण बनाउन नसकेको बताउनुभयो ।

Leave a Reply