गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको सुझाव- 'नेपालमा पनि टेक्ने ठाउँ राख्नुस्' | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८२, बिहीबार

गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको सुझाव- ‘नेपालमा पनि टेक्ने ठाउँ राख्नुस्’

काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले विदेशमा बस्ने नेपालीहरुलाई नेपालमा भएको सम्पती बेचबिचन गरेर नलैजान आग्रह गर्नुभएको छ । आइतबार आयोजित गैरआवासीय नेपाली संघको एकता घोषणा कार्यक्रममा उहाँले नेपालमा आफ्नो नेपालमा सुरक्षित राख्न आग्रह गर्नुभएको हो ।

गैरआवासीय नेपालीलाई सरकारले दोस्रो दर्जाको नागरिकको रुपमा नहेरेको बताउँदै उहाँले विदेशमा रहेका नेपालीको सम्पतीको सुरक्षा सरकारले गर्ने बताउनुभयो । उहाँले हाल विश्वभर बाहिरका मान्छेलाई बस्न नदिने खालको चलन चलेको उल्लेख गर्नुहुँदै नेपालमा एउटा कोठा मात्रै भएपनि सुरक्षित राख्न आग्रह गर्नुभयो ।

उहाँले सरकारले गैरआवासीय नेपालीहरुका समस्या विस्तारै सम्बोधन हुँदै जाने पनि बताउनुभयो । गैरआवासीय नेपालीहरुले विगतमा पनि सहयोग गरेको उल्लेख गर्नुहुँदै उहाँले आगामी दिनमा पनि लगानी गर्न आग्रह गर्नुभयो ।

उहाँले गैरआवासीय नेपाली संघको एकताले नेपालमा रहेका राजनितिक दलहरुलाई एकता गर्नुपर्ने सन्देश दिएको उल्लेख गर्नुभयो । नेपालमा राजनितिक दलहरुमा विभाजन देखिएको उल्लेख गर्नुहुँदै उहाँले विभाजनले कसैलाई पनि राम्रो नगर्ने बताउनुभयो ।

Leave a Reply