नेपालको व्यापार घाटा बढ्दै गएकोमा उपराष्ट्रपति पुन चिन्तित | ईमाउण्टेन समाचार

Our Network

मंसिर २८ २०८१, शुक्रबार

नेपालको व्यापार घाटा बढ्दै गएकोमा उपराष्ट्रपति पुन चिन्तित

Nanda-Bahadur-Pun

काठमाडौं, २७ माघ । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको व्यापार घाटा बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् । उपराष्ट्रपति पुनले चीनसँगको व्यापार घाटा चालू आर्थिक वर्षको पहिलो ६ महिनामा ६६ अरव ३० करोड पुगेको तथ्यांक पेश गर्दै त्यो मुलुकको समृद्धिका लागि सुखद् संकेत नभएको स्पष्ट पारे ।

शनिबार काठमाडौंमा आयोजित नेपाल हिमालय सिमापार वाणिज्य संघको १८ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले मुलुकलाई समृद्ध बनाउन आयात व्यापारलाई घटाउँदै लैजानुपर्नेमा जोड दिए । उपराष्ट्रपति पुनले चीनसँगको व्यापार वृद्धि हुँदै गएकोमा भने खुसी व्यक्त गरेका छन् ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले वाम गठबन्धन नेतृत्वमा बन्ने नयाँ सरकारले मुलुकमा आर्थिक उन्नतिको जग बसाल्ने विश्वास व्यक्त गरे । उनले नयाँ सरकार बनेपछि मुलुकमा राजनीतिक स्थायित्व कायम हुने र आर्थिक समृद्धिको आधार तय हुने विश्वास व्यक्त गरे ।

नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेशकुमार अग्रवालले नयाँ सरकार बनेपछि मुलुकलाई समृद्ध बनाउने व्यवसायिक वातावरण बन्नेमा जोड दिए ।

उनले पूर्वाधारको व्यवस्था नगरी मुलुकलाई समृद्ध बनाउन नसकिने बताए । उपाध्यक्ष अग्रवालले पूराना ऐन, कानुनलाई संशोधन गरेर मात्रै मुलुकको निर्यात व्यापारलाई बढाउन सकिने धारणा राखे।

व्यवसायीहरुले चीनसँगको व्यापार घाटा कम गर्न सरकारले पूर्वाधार विकासमा जोड दिनुपर्ने आवश्यक्ता पनि औंल्याएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);