महिलाहरुको नियुक्ति र बढुवा प्राथमिकतामा : प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

माघ २७ २०८२, मंगलबार

महिलाहरुको नियुक्ति र बढुवा प्राथमिकतामा : प्रधानमन्त्री

काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारी नियुक्ति र बढुवामा महिलालाई प्राथमिकता दिने बताउनुभएको छ ।
काठमाडौंमा एक समारोहकाबीच लैगिंक हिंसा विरुद्धको १६ दिने अभियानको शुभारम्भ गर्दै उहाँले  नियुक्ति र बढुवामा महिलालाई प्राथमिकता दिने बताउनुभएको हो ।

प्रधानमन्त्री कार्कीले महिलाहरुलाई प्राथमिकताका साथ सरकारी नियुक्ति र बढुवामा प्रश्रय नदिए आफूमाथि नै प्रश्न चिन्ह खडा हुने समेत बताउनुभयो । उहाँले आफूले हरेक नियुक्ति र बढुवामा महिलाहरु कहाँ छन् भनेर खोज्ने गरेको जिकिर समेत गर्नुभयो ।

प्रधानमन्त्री कार्कीले आफूले सकेसम्म महिलाहरुलाई सरकारी नियुक्ति र बढुवामा जोड दिने समेत स्पष्ट पार्नुभयो । आफू सरकारमा आएको करिव २ महिना बढी भएको र यस बीचमा पनि आफूले महिलाहरुलाई अघि बढाउने कुरालाई प्रश्रय दिएको उहाँको दाबी थियो । प्रधानमन्त्री कार्कीले महिलाहरुको उपादेयता हुने ठाउँमा उनीहरुलाई नियुक्त गरेर अघि बढने बताउनुभयो । उहाँले महिलालाई प्रोत्साहन गरेर अघि नबढ्ने हो भने महिला हिंसाले झनै जरा गाड्ने समेत बताउनुभयो ।

त्यस अवसरमा प्रधानमन्त्री कार्कीले महिला हिंसा अन्त्यका लागि गरिवी निवारण र समाजलाई जगाउने कुरालाई निनन्तर अघि बढाउन आवश्यक रहेको बताउनुभयो ।

Leave a Reply