आशा गरिएका ब्याटरले राम्रो खेलेनन् : कर्णालीका प्रशिक्षक बस्न्यात | ईमाउण्टेन समाचार

Our Network

फागुन २१ २०८२, शुक्रबार

आशा गरिएका ब्याटरले राम्रो खेलेनन् : कर्णालीका प्रशिक्षक बस्न्यात

काठमाडाैं । कर्णाली याक्सका प्रमुख प्रशिक्षक राजु बस्न्यातले आशा गरिएका ब्याटरले राम्रो प्रदर्शन गर्न नसक्दा हार व्यहोरेको बताएका छन् ।

सुदूरपश्चिम रोयल्ससककंग नतिजा सुम्पिदै दोस्रो हार बेहोरेपछि कर्णालीका प्रशिक्षक बस्न्यातले मिडल अर्डरमा राम्रा ब्याटर रहेकाले पूरै २० ओभर खेल्दा लक्ष्य सहजै भेट्याउनु खालको रहेको बताए । तर, उनीहरूले आफ्नो क्षमता अनूरुप खेल्न नसक्दा राम्रो हार व्यहोर्नुपरेको उनको भनाई छ ।

उनले ब्याटिङ गर्न असहज हुने खालको नरहेको स्पष्ट पारे । सुदूरपश्चिमले अन्तिम ५ ओभर खेल्दा नै ब्याटिङका लागि पिचले मद्दत गरेको उनले उल्लेख गरे । प्रशिक्षक बस्न्यातले अझै चार खेल बाँकी रहेको र त्यसमा राम्रो गर्दै प्लेअफमा पुग्न मिहेनत गर्ने आशा व्यक्त गरेका छन् ।

तीन जितले प्लेअफमा पुग्न मद्दत पुग्नेछ : दीपेन्द्रसिंह
सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले पिचअनुसार आफ्ना खेलाडीले खेलेको र नतिजा पनि आएको बताएका छन् ।
कर्णाली याक्समाथि जितपछि सुदूरपश्चिमका कप्तान दीपेन्द्रले पहिलो खेलबाट नै आज हाइस्कोरिङ म्याच हुँदैन भन्ने लिए खेलेको उल्लेख गर्दै आफ्ना टोलीका खेलाडीले पिच अनुरूप खेल्दा जित सम्भव भएको बताएका छन् । लगातार तीन जित निकाल्दा अन्य टोलीलाई पनि दबाब भएको उनको बुझाई छ ।

यी जितले प्लेअफमा पुग्ने धेरै मद्दत पुग्ने कप्तान दीपेन्द्रको विश्वास छ । उनले ब्याटिङमा धेरै राम्रो गर्न नसकिए पनि बलिङमा राम्रो गर्दा नतिजा प्राप्त भएको पनि बताएका छन् । टिमले राम्रो खेलिरहँदा कप्तानको मनोबल पनि उच्च रहने र त्यहीअनुरूप टोलीलाई योगदान दिनुपर्छ भनेर खेलेको उनी बताउँछन् ।

Leave a Reply