प्राध्यापकहरूकै कारण परीक्षाफल प्रकाशनमा ढिलाइ : शिक्षामन्त्री | ईमाउण्टेन समाचार

Our Network

फागुन २९ २०८२, शनिबार

प्राध्यापकहरूकै कारण परीक्षाफल प्रकाशनमा ढिलाइ : शिक्षामन्त्री

काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले प्राध्यापकहरुको लापरवाहीका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाई हुने गरेको बताउनुभएको छ । भक्तपुरमा विश्वविद्यालय अनुदान आयोगको ३२ औँ वार्शिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पुनले यस्तो बताउनुभएको हो ।

चार–पाँच लाख विद्यार्थीको परीक्षाफल सार्वजनिक गर्न नौ महिनाभन्दा बढी लाग्ने गरेको उल्लेख गर्दै उहाँले यसको अन्त्य गर्न जरुरी रहेको बताउनुभयो । मन्त्री पुनले विश्वविद्यालयहरुबीच सम्बन्धन दिनमा मात्रै केन्द्रीत हुँदा शिक्षाको गुणस्तरु खस्कदै गएको पनि बताउनुभयो ।

मन्त्री पुनले भन्नुभयो, ‘एसईई र कक्षा १२ मा जम्मा ४, ५ लाख विद्यार्थी मात्र हुन्छन् । तर पनि नतिजा निकाल्नको लागि ८,९ महिना लाग्छ । यस्तो हुनुमा प्राध्यापकहरुको लापरबाही देखिन्छ । यस्ता कुराहरुको समाधान गर्नैपर्छ । मन्त्रालयको पुँजीगत बजेटको एक प्रतिशत बजेट विश्वविद्यालयहरुका लागि आओस् भन्नको लागि हामी त्यसमा काम गरिरहेका छौं । अहिले विश्वविद्यालयहरुको ध्यान सम्बन्धन दिनेमा मात्र हुन्छ । विश्वविद्यालयहरुमा कसले धेरै सम्बन्धन दिने भन्ने कुरामा प्रतिष्पर्धा गरेको जस्तो अवस्था छ । तर विद्यार्थी संख्या विस्तारै घट्दै गएको अवस्था छ ।’

उहाँले खोज र अनुसन्धानात्मक शिक्षामा जोड दिनुपर्ने आवश्यकता पनि औंल्याउनुभयो ।

Leave a Reply