माता जानकीलाई एक सय ११ मिटर लामाे चुनरी | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८२, सोमबार

माता जानकीलाई एक सय ११ मिटर लामाे चुनरी

धनुषा । सीताराम विवाह पञ्चमीको अवसर पारेर जनकपुरधामस्थित जानकी मन्दिरमा एक सय ११ मिटर लामो चुनरी चढाइएको छ । जनकपुरधाममा शोभा यात्रापछि चुनरी माता जानकीलाई चढाइएको हो ।

भारत, सुरतको जीन माता ट्रस्टले पठाएको उक्त चुनरी माता जानकीलाई चढाएको सीताराम गौशाला जनकपुरधामका अध्यक्ष मनोज रुंगटाले जानकारी दिनुभयो ।

जीन माता ट्रस्टले यस अघि पनि सयौँ मन्दिरहरुमा चुनरी चढाउँदै आइरहेको छ । पछिल्लो वर्ष समेत विवाहपञ्चमीको अवसरमा चुनरी अर्पण गरेको ट्रष्टले यस वर्ष पनि जानकी मन्दिरमा पनि चुनरी चढाइएको हो ।

Leave a Reply