मिथिलाञ्चलमा आज कोजाग्रत पूर्णिमा मनाइँदै : एक सय एक पाहुर जानकी मन्दिर ल्याइँदै | ईमाउण्टेन समाचार

Our Network

फागुन २९ २०८२, शनिबार

मिथिलाञ्चलमा आज कोजाग्रत पूर्णिमा मनाइँदै : एक सय एक पाहुर जानकी मन्दिर ल्याइँदै

जनकपुर । मिथिलाञ्चलमा आज कोजाग्रत पूर्णिमा आज मनाइँदैछ । कोजाग्रत पूर्णिमाको अवसर पारेर प्रत्येक वर्षजस्तै यस वर्षपनि महोत्तरीको रतौलीबाट एक  सय एक पाहुर जानकी मन्दिरमा ल्याइएको छ ।

महोत्तरीको रतौलीका स्व. महेन्द्रप्रसाद ठाकुरको घरबाट मन्दिरमा ल्याइएको पाहुरबाटै भगवान सीतारामको चुमाओन गर्ने परम्परा रहेको छ । पाहुरमा पान, मखान, लड्डु, खाजा, चामल, दाल तरकारी, भगवान् राम र माता जानकीको कपड़ा ल्याइएको छ । रतौलीबाट जानकी मन्दिरमा पाहुर ल्याउने परम्परा एक सय ५१ वर्षदेखि चल्दै आइरहेको र यो परम्परालाई कहिले टुट्न नदिने प्रतिवद्धता स्थानीय नविन ठाकुरले व्यक्त गर्नुभयो ।

कोजाग्रत पूर्णिमालाई भव्य बनाउनका लागि जानकी मन्दिरमा भजन कीर्तनको आयोजना गर्ने गरिन्छ । प्रत्येक वर्ष उत्सवको बेला हास्यपरिहासको कार्यक्रमको आयोजना समेत हुने गरेको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले बताउनुभयो ।

यता कोजाग्रत पूर्णिमाका नवविवाहित पुरुष र महिलाका लागि यो पर्व विशेष उत्सवको रुपमा रहन्छ । आजको दिन बेहुलाको घरमा ससुरालीबाट पाहुर आउने गर्दछ । सोही पाहुरले बेहुलाको चुमाओन गरिन्छ । चुमाओन पछि विशेष मन्त्र उच्चारण गर्दै बेहुलालाई दुरवाच्छत दिइने गरिन्छ । त्यसपछि बेहुलाको घरमा भोजभतेरको आयोजना गर्ने गरिन्छ । कोजाग्रत पूर्णिमा दिन मिथिलाञ्चलमा पान मखान गाउँमा बाँड्ने परम्परा समेत रहेको छ ।

Leave a Reply