वर्तमान सरकारलाई अदालतले संवैधानिक ठहर्‍याउने ठाउँ छैन : अध्यक्ष ओली | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८२, सोमबार

वर्तमान सरकारलाई अदालतले संवैधानिक ठहर्‍याउने ठाउँ छैन : अध्यक्ष ओली

काठमाडाैं । नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको संवैधानिक परीक्षण अदालतबाटै हुनुपर्ने बताउनुभएको छ ।  पार्टीद्वारा काठमाडौंमा आयोजित जन प्रदर्शन तथा जनसभामा बोल्दै उहाँले यस्ताे दाबी गर्नुभएको हो ।

अध्यक्ष ओलीले अदालतले कुनैपनि हालतमा वर्तमान सरकारलाई संवैधानिक ठहर्याउन नसक्ने जिकिर समेत गर्नुभयो । हिंसा, अशान्ति, आगजनी, तोडफोड र लुटपाटबाट वर्तमान सरकार बनेको उल्लेख गर्दै अध्यक्ष ओलीले यस्तो सरकारलाई संवैधानिक ठहर्याउन सक्ने अवस्था नरहेको समेत बताउनु भयो । उहाँले वर्तमान सरकार लोकतन्त्र विरुद्ध निर्माण गरिएको आरोप समेत लगाउनुभयो ।

अध्यक्ष ओलीले मुलुकमा विद्यमान राष्ट्रिय संकट समाधान गर्ने कामको नेतृत्व एमालेले गर्ने समेत बताउनुभयो ।

Leave a Reply