एनपिएल महासंग्राम : आज पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा | ईमाउण्टेन समाचार

Our Network

फागुन २२ २०८२, शनिबार

एनपिएल महासंग्राम : आज पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शुक्रबार  त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् ।

अपराह्न ४ बजे हुने खेलमा पोखरा एभेञ्जर्सको नेतृत्व कुशल भुर्तेल र सुदूरपश्चिम रोयल्सको नेतृत्व दीपेन्द्रसिंह ऐरीले गर्नेछन्।

पोखराको टोलीमा घरेलु तथा विदेशी खेलाडीहरूको प्रभावकारी मिश्रण छ । आकाश चन्द, सागर ढकाल, त्रित राज दास, दिनेश खरेल, विपिन खत्री र विकेटकिपर एडम रोसिङ्टन आजको खेलमा पोखराका मुख्य आधार मानिएका छन् ।

सुदूरपश्चिमको टोलीमा विकेटकिपर विनोद भण्डारी, चर्चित खेलाडी क्रिस लिन, जोश ब्राउन, स्कट कुग्गेल्जिन आरिफ शेख, ईशान पाण्डे, हेमन्त धामी र बलर अविनाश बोहरा समावेश हुनेछन् ।

Leave a Reply