एनपीएलमा आज लुम्बिनी र चितवन आमनेसामने | ईमाउण्टेन समाचार

Our Network

भदौ ९ २०८३, बुधवार

एनपीएलमा आज लुम्बिनी र चितवन आमनेसामने

काठमाडौँ,

काठमाडौँ — नेपाल प्रिमियर लिग (NPL) क्रिकेटमा आज लुम्बिनी लायन्स र चितवन राइनोज आमनेसामने हुने भएका छन्। काठमाडौँको कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बराबरी क्षमताका दुई टिम भिड्ने तयारीमा छन्। खेल साँझ ४ बजेबाट सुरु हुनेछ।लुम्बिनीका लागि आजको खेल सिजनको पहिलो उपस्थिति हो। कप्तान रोहित पौडेलको नेतृत्वमा मैदान उत्रन लागिरहेको लुम्बिनीले यो वर्ष टिममा नयाँ अनुहारहरू समावेश गरेको छ। अफगानिस्तानका अलराउन्डर मोहम्मद नैब यसपटक लुम्बिनीको प्रमुख आकर्षण बनेका छन्।

चितवनले भने आफ्नो पहिलो खेल जितेर उत्साहित बनेको छ। कप्तान कुशल मल्ल, विदेशी खेलाडी रवि बोपारा र स्थिर बलिङ आक्रमणको साथ चितवन आज दोस्रो जितको खोजीमा छ। टोलीको एकीकृत प्रदर्शनले चितवनलाई आज पनि बलियो पक्ष बनाएर उभ्याएको छ।गत सिजन यी दुई टिमबीचको भेटमा लुम्बिनीले ३३ रनको जित हात पारेको थियो। त्यतिबेला कप्तान रोहित पौडेलले ८० रन बनाउँदै ४ विकेटसमेत लिएका थिए। आजको खेलमा पनि पौडेलकै प्रदर्शन लुम्बिनीका लागि महत्वपूर्ण हुने अपेक्षा रहेकाे छ।दुवै टिमका खेलाडीहरूको हालको फर्म, विदेशी खेलाडीको उपस्थिति र मैदानको अवस्थालाई हेर्दा आजको खेल प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अनुमान गरिएको छ।

Leave a Reply

ताजा समाचार