निर्वाचनको वातावरण बनाउन सबैको सहमति चाहिन्छ : संयोजक दाहाल | ईमाउण्टेन समाचार

Our Network

असार ९ २०८३, बुधवार

निर्वाचनको वातावरण बनाउन सबैको सहमति चाहिन्छ : संयोजक दाहाल

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले निर्वाचनको वातावरण बनाउन सबै राजनीतिक दलहरुको सहमति आवश्यक रहेको बताउनुभएको छ । उहाँले संयोजक दाहालले सबै राजनीतिक दलहरुको सहमति भए निर्वाचनको वातावरण बन्ने बताउनुभएको हो ।

उहाँले सबै एकजुट भएर जिम्मेवारीपूर्वक र गम्भिरताको साथ निर्वाचन प्रक्रियामा भाग लिनुपर्ने बताउनुभयो । उहाँले सरकारले घोषणा गरेको फागुन २१ गते नै निर्वाचन हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले पार्टीको जिम्मेवारी बाँडफाँड भने मंगलबारको बैठकमा टुंग्याउने जानकारी दिनुभयो । जिम्मेवारी बाँडफाँड र एकताको सन्देश समानान्तर रुपमा लाने भन्ने समझदारी भएको उहाँको भनाइ छ ।

Leave a Reply

ताजा समाचार