सबै जिम्मेवार भएर अघि बढौँ : व्यवसायी गुरुङ | ईमाउण्टेन समाचार

Our Network

माघ २७ २०८२, मंगलबार

सबै जिम्मेवार भएर अघि बढौँ : व्यवसायी गुरुङ

काठमाडाैं । व्यवसायी मिनबहादुर गुरुङले सबै जिम्मेवार भएर अघि बढ्न जरुरी रहेको बताउनुभएको छ । कर दिवसको अवसरमा आयोजित कार्यक्रममा उत्कृष्ट करदाताको तर्फबाट आफ्ना धारणा राख्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले गत भदौ २३ र २४ गते भएको जेन—जी आन्दोलनका क्रममा आफ्ना १२ वटा भाटभटेनी पूर्ण रुपमा नष्ट भएको र अन्य धेरै भाटभटेनीमा ठूलो क्षति पुगेको बताउनुभयो । अझै पनि आफूले हिम्मत नहारेको र अझै अघि बढ्ने अठोट व्यक्त गर्नुभयो ।

उहाँले दशैँ, तिहार र छठका लागि स्टक गरिएका धेरै सामानहरु भाटभटेनीबाट आन्दोलनका क्रममा लुट्ने र जलाउने काम भएको बताउनुभयो । आफूमाथि धेरै युवाहरुको जिम्मेवारी, बैंकहरुको लगानी रहेकाले व्यवसायबाटै अघि बढ्ने निचोड आफूले निकालेको बताउनुभयो ।

नेपालमा विपन्नताकै कारण आन्दोलन भइरहेको भन्दै जिम्मेबार नहुनु पनि आन्दोलनको कारण रहेको बताउनुभयो । भाटभटेनिमाथि कुनै एउटा पार्टीको भवन बनाइदिने कुराले भएको भन्दै राज्यलाई कर बुझाइसकेपछि कसलाई सहयोग गर्ने भन्नेकुरा आफ्नो इच्छाको कुरा भएको बताउनुभयो ।

आफूले डा. भगवान कोईरालाको नेतृत्वमा बनेको बाल अस्पताल बनाइदिएको, विपन्न र जेहेन्दार विद्यार्थीलाई एमबिबिएस पढाएको बताउनुभयो ।  उहाँले व्यवसायीहरुले सानो मन गर्न नहुने बताउनुभयो । उहाँले आफूले खोटाङबाट आएर हजारौँलाई रोजगारी दिनसकेको बताउँदै अरुले पनि त्यसैगरी दिनसक्ने बताउनुभयो । नेपालमा धेरै कुराको अवसर रहेको बताउनुभयो ।

Leave a Reply