काठमाडौं, २७ माघ । सरकारले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई नेपाली सेनाको मानार्थ सहायक रथीको दर्जा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले राष्ट्रकवि घिमिरेलाई मानार्थ सहायक रथीको दर्जा दिने निर्णय गरेको हो ।
बैठकले राम बहादुर बमजनले तपस्या गरेको बाराको निजगढस्थित वनलाई धार्मिक वनको रुपमा विकास गर्ने निर्णय पनि गरेको छ । बैठकले विकास आयोजनाहरुलाई वन क्षेत्रको जग्गा उपलब्ध गराउने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।
वन मन्त्रालयले वन क्षेत्र उपलब्ध गराउन नमान्दा पेट्रोलियम पदार्थको पाइपलाइन विस्तार गर्ने लगायत विकास आयोजना अगाडि बढ्न सकेका छैनन् ।