सुरक्षा व्यवस्था सुदृढ नगरी निर्वाचनमा जानु हुँदैन : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८३, बिहीबार

सुरक्षा व्यवस्था सुदृढ नगरी निर्वाचनमा जानु हुँदैन : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

काठमाडाैं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले मुलुकमा सुरक्षा व्यवस्थालाई बलियो नबनाई निर्वाचनमा जानसक्ने अवस्था नरहेको बताउनुभएको छ । नागरिक समूहले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले मुलुकको आत्मवलनै कमजोर भएको उल्लेख गर्दै सुरक्षा व्यवस्थालाई सुदृढ बनाएर मात्रै निर्वाचनमा जानसक्ने अवस्था हुने बताउनु भएको हो ।

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले जेनजी पुस्ताको परिवर्तनको आकांक्षालाई रुपान्तरण गर्न सक्ने अवस्था नबनाई निर्वाचनमा गए त्यसले मुलुकको हित नगर्ने जिकिर समेत गर्नुभयो । उहाँले मुलुकलाई जोगाउन पनि सुरक्षाको प्रत्याभुति सुदृढ बनाउने कामलाई बढी जोड दिनुपर्ने आवश्यकता भएकाे बताउनुभयाे ।

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले निर्वाचनमार्फत् मुलुकलाई अघि बढाउन संविधान संशोधन पहिलो सर्त रहेको समेत दोहोर्याउनुभयो ।

Leave a Reply