सरकारसँग दुर्गा प्रसाईँ समूहले गर्याे २७ बुँदे माग | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८२, बुधवार

सरकारसँग दुर्गा प्रसाईँ समूहले गर्याे २७ बुँदे माग

काठमाडाैं । नागरिक बचाउ अभियानका संयोजक एवं व्यवसायी दुर्गा प्रसाईंको समूहले सरकारसँग २७ बुँदे माग राखेको छ ।
सरकारसँग गृह मन्त्रालयमा गृहमन्त्री ओमप्रकाश अर्यालसँग भएको वार्तामा प्रसाईं समूहले २७ बुँदे माग राखेको हो ।

नागरिक बचाउ अभियानका प्रवक्ता माधव कल्पितले आफ्ना जायज माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराईएको जानकारी दिनुभयो । प्रसाईं समूहले नेपालको संविधान खारेज गरी हिन्दु अधिराज्यसहितको राजसंस्था स्थापना गर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्ने, लघुवित्त र सहकारीको २० लाख रुपैयाँ भन्दा कमको ऋण मिनाहा गर्नुपर्ने, देशमा नै रोजगारी सिर्जना गर्नुपर्ने, विदेशवाट पिर्ता भएका युवाहरुलाई ३ प्रतिशत सहुलियत व्याजमा ३० लाख रुपैयाँसम्मको विनाधितो प्रोजेक्ट ऋण उपलब्ध गराउनुपर्ने, कृषि ऋण २ प्रतिशत व्याजमा उपलब्ध गराउनुपर्ने, बैंकको कालोसूचीमा रहेका ६ लाख नेपालीको नाम हटाउनुपर्ने, प्लस टु भन्दा माथिको उच्च शिक्षाको लागि विदेश जान बन्द गरी नेपालमा नै पढाउने व्यवस्था गर्नुपर्ने, निजामति, कर्मचारी, शिक्षक, सेना प्रहरीको मासिक तलव १ लाख रुपैयाँ पुर्याउनुपर्ने, नेपालमा एनजिओ, आईएनजिओ खारेज गर्ने लगायतका माग राखेको छ ।

गृहमन्त्री ओम प्रकाश अर्यालले मागलाई विशेष ध्यान दिएर अगाडी बढ्ने आवश्वासन दिएको प्रवक्ता कल्पितले बताउनुभयो । उहाँले सरकारसँग वार्तासँगै आन्दोलन पनि जारी रहने जानकारी दिनुभयो ।

प्रसाईं समूहले मंसिर ७ गतेबाट देशभर आन्दोलन गर्ने घोषणा गरेको छ । माग पूरा भएमा आन्दोलन नगर्ने प्रवक्ता कल्पितले स्पष्ट गर्नुभयो । वार्तामा प्रसाईं भने सहभागी हुनुभएन । प्रसाईंको समूहबाट संगठन विभाग प्रमुख तिजेन्द्रप्रसाद रायमझी, देवीप्रसाद संग्रौला लगायतका सदस्यहरु सहभागी हुनुहुन्थ्यो ।

Leave a Reply