बीस प्रतिशत मत नपाए सरकारमा जाँदैनौँ : वीरेन्द्रबहादुर बस्नेत | ईमाउण्टेन समाचार

Our Network

फागुन १९ २०८२, बुधवार

बीस प्रतिशत मत नपाए सरकारमा जाँदैनौँ : वीरेन्द्रबहादुर बस्नेत

काठमाडाैं । गतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य वीरेन्द्रबहादुर बस्नेतले आफ्नो पार्टीले २० प्रतिशत जनमत नल्याए सरकारमा नजाने घोषण गर्नुभएको छ । निर्वाचन आयोगमा दल दर्ता प्रमाण पत्र लिए पश्चात सञ्चारकर्मीहरुसँग बोल्दै उहाँले आफ्नो पार्टीले फागुन २१ गते हुने निर्वाचनमा देशभरबाट २० प्रतिशत मत नल्याए सरकारमा नजाने घोषणा गर्नुभएको हो ।

उहाँले देशको वर्तमान राजनीतिक परिवेश, जनताको बदलिँदो आकांक्षा र दीर्घकालीन राष्ट्रिय दृष्टिकोणका सन्दर्भमा आफ्नो दलले नयाँ दिशामा यात्रा गर्ने बताउनुभयो । राष्ट्र कठिन अवस्थामा भएकाले मुलुकलाई सफलतातर्फ अगाडि बढाउने काम आफ्नो पार्टीले गर्ने उहाँको दाबी छ ।

उहाँले आफूहरु दीर्घकालीन हिसावले राजनीतिमा प्रवेश गरेको बताउनुभयो । उहाँले देशका सन्ततीहरुका लागि त्याग, निष्ठा, इमान्दारिता र सृजनशीलतका साथ अगाडि बढ्ने बताउनुभयो ।

उहाँले जेन-जी पुस्ताको आन्दोलन पश्चात पार्टीको सांगठनिक कार्य शुरु गरेको बताउनुभयो ।

Leave a Reply