अदालतले प्रतिनिधि सभा पुनः स्थापना नगरे, राष्ट्रपतिले गर्नुपर्छ : अध्यक्ष ओली | ईमाउण्टेन समाचार

Our Network

माघ २७ २०८२, मंगलबार

अदालतले प्रतिनिधि सभा पुनः स्थापना नगरे, राष्ट्रपतिले गर्नुपर्छ : अध्यक्ष ओली

काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले विघटित प्रतिनिधि सभा पुनः स्थापना गर्नुपर्ने बताउनुभएको छ ।

काठमाडौंमा आयोजित बुद्धिजीविहरुसँगको भेलामा बोल्दै उहाँले राष्ट्रपति पौडेलले असंवैधानिक ढंगले प्रतिनिधि सभा विघटन गरेकाले पुनःस्थापना पनि उहाँ आफैले गर्नुपर्ने तर्क गर्नुभएको हो ।

अध्यक्ष ओलीले प्रतिनिधि सभा पुनःस्थापना अदालत गरेन भने राष्ट्रपतिले गर्नुको विकल्प नरहेको जिकिर गर्नुभयो । उहाँले प्रतिनिधिसभा पुनःस्थापनाको आफ्नो पार्टीको माग सत्य भएको जिकीर गर्दै त्यसको पक्षमा आम नेपाली जनता उभिनुपर्ने समेत बताउनुभयो ।

अध्यक्ष ओलीले प्रतिनिधि सभा पुनःस्थापनाको माग लिएर आन्दोलनमा उत्रन पनि सबैलाई आह्वान गर्नुभयो । उहाँले वर्तमान सरकार असंवैधानिक भएकाले यसको कुनै हैसियत नभएको  दोहोर्याउनुभयो ।

Leave a Reply