ऐतिहासिक ब्रह्मा मन्दिरको उद्घाटन | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८२, मंगलबार

ऐतिहासिक ब्रह्मा मन्दिरको उद्घाटन

काठमाडाैं । छैटौं शताब्दीको ऐतिहासिक ब्रह्मा मन्दिरको पुनः निर्माण सम्पन्न भइ समुद्घाटन गरिएको छ ।  शुक्रवार काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह, उपप्रमुख सुनिता डंगोल, डा.स्वामी केशवानन्द गिरी लगायतको उपस्थितिमा मन्दिरको समुद्घाटन गरिएको हो ।

यो मन्दिर काठमाडौं महानगरपालिका वडा नम्बर ८ जयवागेश्वरी गायत्री मार्गमा अवस्थित १९९० सालअघि नै भग्नावशेषको रूपमा रहेको थियो । छैटौं शताब्दीको ऐतिहासिक ब्रह्मा मन्दिर अहिले काठमाडौं महानगरपालिकाले पुनः निर्माण सम्पन्न गरेको हो ।

केही दिनअघि मात्रै छैटौँ शताब्दीमा बनेको ऐतिहासिक ब्रह्माको मूर्ति मन्दिरमा पुनःस्थापना गरिएको थियो । उक्त ऐतिहासिक मूर्ति ४० वर्षदेखि गौशला प्रहरी वृतमा रहेको थियो ।

Leave a Reply