राष्ट्रिय सभाकाे लागि तीन जनाकाे नाम राष्ट्रपति समक्ष सिफारिस | ईमाउण्टेन समाचार

Our Network

मंसिर १६ २०८१, आइतबार

सरकारद्वारा राष्ट्रिय सभामा गोपाल बस्नेत, चाँदनी जोशी र कृष्णप्रसाद पौडेलको नाम सिफारिस

काठमाडौं, २६ माघ । सरकारले राष्ट्रिय सभामा तीन जना सदस्य मनोनयनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संविधानको धारा ८६ को २ (ख) अनुसार गोपाल बस्नेत, चाँदनी जोशी र कृष्णप्रसाद पौडेललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको हो ।

सरकारको सिफारिसमा परेका तीन जना मध्ये दुई कांग्रेसमा क्रियाशील रहेका नेता हुन् । बस्नेत झापाका कांग्रेस नेता तथा पौडल कांग्रेस केन्द्रीय कार्यालयका सचिव हुन् । जोशी महिला विकासका लागि संयुक्त राष्ट्र संघीय कोषको दक्षिण एसिया क्षेत्रकी पूर्वनर्देशक हुन् ।

राष्ट्रिय सभाका ५९ सदस्यमध्ये ५६ जना निर्वाचनबाट चुनिएर आउँछन् भने तीन जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । सरकारको यो मनोनयनसँगै राष्ट्रियसभाले पूर्णता पाउने भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);