काठमाडाैं । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले गत भदौ अन्तिम साता भएको हिंसा र विध्वंसलाई परिवर्तनको नाममा महिमामण्डन गर्न नहुने टिप्पणी गर्नुभएको छ । ललितपुरमा आयोजित ‘राष्ट्रहित सर्वोपरि कन्क्लेभ’मा बोल्दै उहाँले भदौ २३ गतेको हिंसा र २४ गतेको देशदोहनलाई आन्दोलनलाई परिवर्तनको प्रतिक ठान्नु उपयुक्त नहुने बताउनुभएकाे हाे।
उहाँले जेन–जी पुस्ताले गरेको शान्तीपूर्ण आन्दोलनमाथि घुसपैठ भएको कारण देश दोहन हुन पुगेको पनि बताउनुभयो ।
उहाँले भ्रष्टाचारविरुद्ध तत्कालीन सरकारले गरेको कारबाही प्रक्रियाको नजरअन्दाज गरेर सरकारले भ्रष्टाचारको मलजल गरिरहेको भाष्य निर्माण गरिएकोप्रति गुनासो गर्नुभयो । उहाँले २०४६ साल यताका भ्रष्टाचारका काण्डहरुको छानविन गर्न वर्तमान सरकारलाई चुनौती पनि दिनुभयो ।





