काठमाडौ ।
२३ र २४ भदौमा भएको जेन(जी आन्दोलन र प्रदर्शनका घटना छानबिन गर्न गठन भएको जाँचबुझ आयोगले बयानलाई तीव्रता दिएको छ । आन्दोलनका क्रममा सबभन्दा बढी क्षति व्यहोरेको नेपाल प्रहरीले उक्त घटनाको जाँचबुझ गर्न गठित आयोगलाई कतिपय सन्दर्भमा बेवास्ता गरेको भन्दै आयोगका पदाधिकारी असन्तुष्ट भएका छन् ।
जाँचबुझ आयोगले प्रहरीका जिम्मेवार उच्च अधिकृतमाथि ‘मानहानी’ मुद्दा नै लगाउने चेतावनी दिएपछि
महानिरीक्षकको सचिवालयले उपत्यका प्रहरी कार्यालयलाई कर्मचारीहरूको विवरण आयोगलाई बुझाउन सोमबार पत्राचार गरेको छ ।
आयोगले फिल्डमा खटिएका सुरक्षा निकायका जवानदेखि फिल्ड अधिकृतसम्मको विवरण र आदेश दिने अधिकृतहरूको तहगत विवरण उपलब्ध गराउन आयोगले निर्देशन दिएको थियो ।
२३ गते कसले गोली चलायो रु कसले आदेश दियो रु किन चलायो रुु लगायतका प्रश्न सोधेर अध्ययनका लागि विवरण माग गरेको थियो । तर प्रहरीले केही दिनअघि आयोगलाई पठाएको जवाफमा जेन(जी आन्दोलनका क्रममा प्रहरी महानिरीक्षकदेखि प्रहरी जवानसम्म सबै फिल्डमै खटिएको जवाफ दिएको छ ।
देशभर सबै प्रहरीकर्मी खटिएकाले एकाधलाई पिडित नबनाउन प्रहरी नेतृत्व चनाखो देखिएको छ ।त्यसपछि सोमबार आयोगले २४ घण्टाभित्र नामावली बुझाउन अर्को चेतावनीयुक्त पत्राचार गरेको थियो ।
उक्त पत्र प्राप्त हुनासाथ महानिरीक्षकको सचिवालयले उपत्यका प्रहरी कार्यालयलाई खटिएका कर्मचारीको विवरण आयोगमा पेश गर्न पत्रसाथ आदेश दिएको छ ।प्रहरी नेतृत्वले आयोगप्रति गरेको व्यवहारपछि आईजी चन्द्रकुवेर खापुङलाई पनि निगरानीमा राखिएको स्रोतले जनाएको छ । उनी २६ गते मध्यरात सेवा निवृत्त हुँदैछन् र त्यही रात उनको राहदानी रोक्काको औपचारिक सूचना जारी गर्ने आयोगको तयारी छ ।




