काठमाडाैं । सोमबार सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार सुनको मूल्य स्थिर भएको हो । आइतबार प्रतितोला सुन २ लाख ३९ हजार ७ सय रुपैयाँ रहेको सुन सोमबार पनि सोही मूल्य कायम भएको महासंघले जनाएको छ ।
चाँदीको मूल्यमा भने केही वृद्धि भएको महासंघले जनाएको छ । महासंघका अनुसार आइतबार प्रतितोला ३ हजार ५५ रुपैयाँमा कारोबार भएको चाँदी सोमवार ५ रुपैयाँले बढेर ३ हजार ६० रुपैयाँ पुगेको छ ।





