अफताव आलम केएमसीको आईसीयूमा भर्ना | ईमाउण्टेन समाचार

Our Network

असार १० २०८३, बिहीबार

अफताव आलम केएमसीको आईसीयूमा भर्ना

काठमाडौ ।
मिर्गौलामा समस्या देखिएपछि नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलम काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिलक कलेज केएमसीको आईसीयूमा भर्ना भएका छन् । उनलाई तिहार अघिदेखि आईसीयूमा उपचार भइरहेको जानकारी अस्पताल स्रोतले दिएको छ ।
पूर्वमन्त्री आलमलाई रौतहटको राजापुरमा २०६४ चैत २७ गते भएको बम विस्फोटका घाइते पिन्टु भनिने त्रिलोकप्रताप सिंह राजपुत र ओसी अख्तरलाई इँटाभट्टामा जलाएर हत्या गरेको कसुरमा जिल्ला अदालतले २०८१ वैशाख १३ गते आलम र अन्य तीनलाई जन्मकैदको सजाय सुनाएको थियो ।

त्यसविरुद्ध आलमले गरेको पुनरावेदनमा गत १४ जेठमा सुनुवाइ गर्दै वीरगञ्ज उच्च अदालतका न्यायाधीशद्वय खुशीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले जिल्ला अदालतको फैसला उल्ट्याएपछि त्यसैदिन नख्खु कारागारबाट छुटेका थिए । कारागारबाट छुटेको केही दिनमै उनलाई स्वास्थ्यमा समस्या देखिएपछि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो ।अहिले उनको स्वास्थ्यावस्था स्थिर रहेको जानकारी अस्पतालले दिएको छ ।

Leave a Reply

ताजा समाचार