मुक्तिनाथ क्षेत्रमा भारी हिमपात, पर्यटकलाई सकस,यात्रामा नजान प्रशासनको आग्रह | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८२, शुक्रबार

मुक्तिनाथ क्षेत्रमा भारी हिमपात, पर्यटकलाई सकस,यात्रामा नजान प्रशासनको आग्रह

काठमाडौ ।
मुस्ताङ जिल्लाको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अन्तर्गत मुक्तिनाथ क्षेत्र लगायत उपल्लो मुस्ताङका अधिकांश स्थानमा भारी हिमपात भएको छ।
गएरातिबाट मुक्तिनाथ लगायत उपल्लो मुस्ताङ क्षेत्रमा हिमपात भएको हो ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार कार्तिक १० गते रातको समयबाट वर्षात संगसगै मुक्तिनाथ लगायत उपल्लो मुस्ताङ घमीबाट माथिका क्षेत्रहरुमा हिमपात भएको हो ।प्रहरीले उक्त उक्त क्षेत्रमा यात्रा गर्दा सतर्कता अपनाउन आग्रह पनि गरेको छ ।

जिल्लाको घरपझोङ गाउँपालिका र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकासहितका क्षेत्रमा भएको हिमपातका कारण मुस्ताङ घुम्न आएका पर्यटक र मुक्तिनाथ दर्शन गर्न पुगेका दर्शनार्थीहरूलाई असहज भएको छ। हिमपातले गर्दा यात्रा र आवागमनमा प्रभाव परेको छ।मनाङका विभिन्न स्थानमा पनि हिमपात भएको छ । तिलिचो बेसक्याम्प, मनाङ बजार, हुम्दे, पिसाङ लगायतका स्थानमा हिमपात भएको  छ ।

 

Leave a Reply