विगतमा भएका कमजोरीलाई स्वीकार गर्दै नेपाली काँग्रेस अघि बढ्छ : पूर्णबहादुर खड्का | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १ २०८३, आइतबार

विगतमा भएका कमजोरीलाई स्वीकार गर्दै नेपाली काँग्रेस अघि बढ्छ : पूर्णबहादुर खड्का

काठमाडाैं । नेपाली काँग्रेसका कार्यावहक सभापति पूर्णबहादुर खड्काले आफ्नो पार्टीले विगतमा भएका कमीकमजोरी स्वीकार गर्दै अघि बढ्ने बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पार्टीको भ्रातृ संगठन नेपाल तरुण दलको ७३ औं स्थापना दिवसको अवसर पारेर एक कार्यक्रममा बोल्दै उहाँले विगतमा भएका कमीलाई स्वीकार गर्दै अघि बढ्ने बताउनुभएको हो ।

कार्यवाहक सभापति खड्काले आफ्नो पार्टीले फेरी संविधानको रक्षाका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने समेत बताउनुभयो । चालु केन्द्रीय समिति बैठकले संविधानको रक्षा, लोकतन्त्रको रक्षा र नेपाली जनताको भरोसालाई कायम गर्ने गरी आवश्यक निर्णय लिने र मुलुकलाई समस्याबाट मुक्त गराउने कार्यवाहक सभापति खड्काको दावी थियो ।

उहाँले मुलुकलाई संकटबाट निकास दिनका लागि संयमित भएर अघि बढन पार्टीका युवाहरुलाई आह्वान समेत गर्नुभयो ।

कार्यवाहक सभापति खड्काले मुलुकलाई संकटबाट मुक्त गराउन राष्ट्रपति रामचन्द्र पौडेलले खेल्नुभएको भुमिका उल्लेखनीय रहेको समेत बताउनुभयो ।

Leave a Reply