धान भित्र्याउने चटाराेमा किसान, उचित मूल्य नपाउँदा निराश | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८२, सोमबार

धान भित्र्याउने चटाराेमा किसान, उचित मूल्य नपाउँदा निराश

काठमाडाैं । सरकारबाट खेतीवालीका लागि मल र बीउ सहज ढंगले उपलब्ध नभएको , समयमा बर्षा नभएको जस्ता अनेकौ बाधा पन्छाएर किसानले लगाएको धान अब तयार भएको छ । कतिपय ठाउँमा बर्खे धानबाली काटेर भित्र्याइसकेको छ । कतिपय स्थानमा भने धानबाली भित्र्याउने चटारो छ । मुख्य आम्दानी स्रोतका रूपमा रहेको बर्खे धान त उब्जाएका छन् किसानले । तर अब उनिहरु धान बिक्री गर्दा पाउने उचित मूल्य कम भएकोमा निराश छन् ।

यसपालीको धान त उब्जाए किसानले । सधै जसो मल र बीउको अभाव अनि आकाशे पानी पर्ने समय आएको परिवर्तनलगायतका चुनौती झेल्दै धान फलाए किसानले । तर उनीहरु अब मुल्यलाई लिएर चिन्तामा छन् । धान रोप्दा प्रतिबिगाहा सात हजार भन्दा बढी खर्च हुन्छ । मेशिनले काट्दा प्रतिघण्टा ८ हजार रूपैयाँसम्म तिर्नुपर्छ । गोड्दाको खर्च, बिउ, औषधी, मल लगायतको खर्च उठाएर बर्षभरीको मुख्य आम्दानी स्रोत धानबाट गर्जाे टर्रा की नटर्ला किसानको अहिलेको प्रमुख चिन्ता हो । धान फलिसकेपछि किसानलाई हरेक वर्ष एउटै चिन्ता हुन्छ आम्दानीको । सधैँ हामीलाई धान रोप्ने बेलामा उचित मुल्यमा बिक्री होला कि नहोला भन्ने दोधारमा हुँदै रोप्नेदेखि उब्जाउनु पर्ने हुन्छ ।

सरकारले धानको न्यूनतम समर्थन मूल्य गएको साउन महिनामा मै तोकिसकेको छ । मुल्य नै कम तोकीएको किसनले त्यो बेला नै गुनासो गरिसकेका छन् । त्यसअनुसारको मूल्य समेत पाउनेमा उनिहरु ढुक्क छैनन् । सरकारले तोकेको मूल्यमा व्यापारीले धान किन्न नमान्दा उचित मूल्य नपाइने हो की ? भन्ने सधैको चिन्ताबाट यसपाप् िपनि मुक्त छैनन किसान । सधै व्यापारीले आफूखुसी मूल्य निर्धारण गरेर धान खरिद बिक्रीमा एकाधिकार जमाउने गरेको किसानको आरोप अहिले वनि ज्यँका त्यूँ छ । आफ्नो घर खर्चको जोहो गर्न किसानले व्यापारीले तोकिदिएको मूल्यमा बेच्नुपर्ने अवस्था छ ।

मन्त्रिपरिषद्को गएको साउन २६ गतेको बैठकले प्रतिक्विन्टल मोटा धान तीन हजार चार सय ६३ रुपैयाँ ८१ पैसा र मध्यम धानको तीन हजार ६ सय २८ रुपैयाँ ३३ पैसा न्यूनतम् समर्थन मूल्य तोकेको छ । धान खरिद गर्दै आएको सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष अहिलेसम्म धान खरिद गर्न डिपो सञ्चालन गरेको छैन । आर्थिक रूपमा कमजोर साना किसानलाई अब गहुँखेतीको तयारी गर्नका लागि खेत खनजोत गर्न, बीउ, मलखादको व्यवस्था गर्न चाहिने रकमका लागि धान बेच्नैपर्ने बाध्यता हुन्छ । सरकारले समयमै न्यूनतम समर्थन मूल्य तोक्दा धानको बजार मूल्य कामय गर्न केही हदसम्म सघाउ पुर्याउने गरेको भए पनि तोकिएको मूल्य निजी क्षेत्रका व्यापारीबाट नपाउने गरेको किसानको अनुभव छ ।

वर्षा नभए पनि चिन्ता, धेरै भए डुबानको चिन्ता, कहिले मल, बीउ समयमा नपाउँदाको चिन्ता, कहिले बीउ राम्रो पर्ला वा नपर्ला भन्ने चिन्ता त कहिले उचित मूल्य पाइन्छ वा पाइँदैन भन्ने चिन्ता । नेपाली किसानको जीवन चिन्तै चिन्तामा बित्ने गरेको छ । हरेक वस्तुका उत्पादक आफैंले उत्पादनको मूल्य तोक्ने चलन किसानको हकमा भने कहिल्यै लागू हुँदैन । रगत पसिना सिञ्चेर उत्पादन गरेको फसलको दाम व्यापारीले तोकिदिने नियतिको शिकार बन्ने किसान लागत उठाउनै पनि नसक्ने पीडाले पिरोलिएका छन् ।

Leave a Reply