काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन तयारीका विषयमा आज राजनीतिक दलका नेताहरुसँग छलफल गर्नुहुनेछ । छलफल आज अपराह्न चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा आह्वान गरिएको छ ।
छलफलमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, रास्वपा, जसपा लगायत दलका नेताहरुलाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ भदौ २३ र २४ को जेनजी युवा आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा भदौ २७ गते गठन भएको अन्तरिम सरकारले आगामी फागुन २१ गते आम निर्वाचन गराउने घोषणा गरेको छ ।
पुराना दलहरुप्रति कडा रबैया अपनाएको र चुनावको वातावरण बिथोल्न खोजेको आरोप लागेका बेला प्रधानमन्त्री कार्कीले दलका नेताहरुसँग छलफल गर्न लाग्नु भएको हो । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री कार्कीको समेत उपस्थितिमा दलहरुसँग छलफल गरिसक्नु भएको छ ।





