डेडिकेटेड र ट्रंकलाइन बक्यौता रकम तिर्ने आज अन्तिम दिन | ईमाउण्टेन समाचार

Our Network

फागुन १५ २०८२, शनिबार

डेडिकेटेड र ट्रंकलाइन बक्यौता रकम तिर्ने आज अन्तिम दिन

काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइन बक्यौता रकम तिर्न उद्योगलाई दिएको समयसीमा आज सकिँदैछ । पछिल्लो पटक दिएको किस्ताबन्दी सुविधा अन्तर्गत सुविधा लिन र पहिलो किस्तासम्म तिर्न भनेकोमा नतिरेका उद्योगको बिजुली काट्ने प्राधिकरणको तयारी छ ।

प्राधिकरणले गएको असोज १२ मा प्रशासकीय पुनरावलोकनसँग सम्बन्धित सम्पूर्ण कामकारबाही बदर गरिएको सूचना निकालेको थियो । साथै प्राधिकरणले आजसम्म बक्यौताको पहिलो किस्ता बुझाउन सूचना जारी गरेको थियो ।

किस्ताबन्दी सुविधा लिन नआएका उद्योगमा बिजुली काटिन सक्ने प्राधिकरणको चेतावनी छ । केही उद्योगले किस्ता सुविधा लिएर बक्यौता तिर्न थाले पनि धेरै उद्योगले अझै अटेरी गरेका छन् । ३१ वटा उद्योग रकम तिर्न नआएको र उनीहरु आउनेमा आशावादी रहेको प्राधिकरणले जनाएको छ ।

२०७२ साल माघदेखि ०७५ वैशाखसम्म डेडिकेटेड तथा ट्रंकलाइन प्रयोगबापतको प्रिमियम महसुल उठाउने गरी प्रक्रिया अघि बढेको हो । विभिन्न उद्योगको गरी बक्यौता आठ अर्ब २५ करोड रुपैयाँ पुगेको प्राधिकरणको दाबी छ । तर उद्योगीले आफूहरूले तिर्न बाँकी कुनै बक्यौता नरहेको भन्दै अस्ति शुक्रवार प्रधानमन्त्री सुशीला कार्कीको निजी सचिवालयमा पत्र बुझाइएको बताएका छन् ।

Leave a Reply