नेतृत्व छोड्न तयार छु : संयाेजक दाहाल | ईमाउण्टेन समाचार

Our Network

माघ ३० २०८२, शुक्रबार

नेतृत्व छोड्न तयार छु : संयाेजक दाहाल

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का संयाेजक पुष्पकमल दाहालले अध्यक्ष पद छोड्न तयार रहेको बताउनुभएको छ । अखिल नेपाल ट्रेड युनियन महासंघले शनिवार आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले अध्यक्ष पद आफ्नो लागि समान्य भइसकेको दाबी गर्नुभयो । माओवादीमा दाहालले नेतृत्व छाड्नुपर्ने आवाज उठ्न थालेको छ । सोही आवाजप्रति लक्षित गर्दै उहाँले देश बचाउनको लागि आफूले जस्तोसुकै बलिदान गर्न पनि तयार रहेको बताउनुभयो ।

संयाेजक दाहालले अरुलाई पनि त्याग गर्नको लागि तयार रहन आग्रह गर्नुभयो । उहाँले पार्टी कार्यकर्ताहरुलाई विचलिन नहुन आग्रह गर्नुभयो ।

Leave a Reply