ओलीसहितका नेताहरूलाई सीमाबन्दीमा राखेर सरकारले निर्वाचनको वातावरण बिगार्याे' | ईमाउण्टेन समाचार

Our Network

जेठ ३१ २०८३, सोमबार

ओलीसहितका नेताहरूलाई सीमाबन्दीमा राखेर सरकारले निर्वाचनको वातावरण बिगार्याे’

काठमाडाैं । नेकपा (एमाले) का उपाध्यक्ष गुरु बरालले सरकारले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुलाई सीमाबन्दीमा राखेको उल्लेख गर्दै यही अवस्थामा निर्वाचन सम्भव नरहेको बताउनुभएको छ ।

निर्वाचन आयोगले बिहीवार दलहरुसँग आयोजना गरेको छलफलपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले  शीर्ष राजनीतिक नेतृत्वलाई सीमाबन्दीमा राखेर राहदानी समेत रोकेको कारण निर्वाचनको वातावरणमा बाधा पुगेको बताउनुभएकाे हाे।

उहाँले देशभर सुरक्षा निकायको अवस्था कमजोर रहेको कारण पनि निर्वाचनको लागि भयरहित वातावरण निर्माण हुन नसकेको बताउनुभयो । निर्वाचन गराउनको लागि सरकारले लुटिएका हतियार फिर्ता एवं भागेका कैदीहरुदाई समात्न जरुरी रहेको उहाँको भनाइ छ ।

उहाँले सरकारले निर्वाचन सम्पन्न गराउनको लागि दलहरुसँग प्रत्यक्ष संवाद गर्न नै नखोजेकोप्रति आपत्ति समेत जनाउनुभयो ।

Leave a Reply

ताजा समाचार