निर्वाचन बिथोल्न केही तत्वहरु सक्रिय छन् : गृहमन्त्री | ईमाउण्टेन समाचार

Our Network

फागुन २६ २०८२, बुधवार

निर्वाचन बिथोल्न केही तत्वहरु सक्रिय छन् : गृहमन्त्री

काठमाडाैं । गृहमन्त्री ओमप्रकाश अर्यालले केही तत्वहरु निर्वाचनको विथोल्नको लागि सक्रिय भएको आरोप लगाउनुभएको छ । जिल्ला समन्वय समिति भक्तपुरको कार्यलय अनुगमनको क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले  बताउनुभएको हो ।

उहाँले निर्वाचनको माहोल बिगार्न लाग्नेहरुलाई सरकारले सम्झाईबुझाई गर्ने बताउनु भयो । सम्झाउँदा नमानेमा सरकारले आफ्नो ढंगबाट काम गर्ने उहाको भनाइ छ । वर्तमान सरकार स्वतन्त्र र निष्पक्ष ढंगबाट निर्वाचन गराउनको लागि बनेको उल्लेख गर्नुहुँदै उहाँले तोकिएकै मितिमा सरकारले निर्वाचन गराउने दाबी गर्नभयो ।

निर्वाचनको लागि सरकारले सरोकारवाला सबैलाई संवादमा आउन आह्वान गरेको समेत जिकिर गनुभयो । राजनीतिक दलहरुले भने सरकारले आफूहरुलाई वेवास्ता गरेको आरोप लगाउने गरेका छन् ।

उहाँले प्रहरी कर्मचारी लगायतको मनोबल उकास्ने काम पनि सरकारले गरिरहेको बताउनुभयो । व्यापक राजनितिक हस्तक्षेप भएको कारण प्रहरीको मनोबल गिरेको दाबी गर्नुहुँदै उहाँले वर्तमान सरकारले उठाउने कोशिस गरिरहेको बताउनुभयो । राजनितिक दलहरुले प्रहरीको दुरुपयोग गरेको उहाँको भनाइ थियो ।

Leave a Reply