काठमाडाैं । आज राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ । आगामी निर्वाचनबारे छलफल गर्न आयोगले छलफलका लागि दलहरूलाई बिहान साढे ११ बजे बोलाएको छ ।
सरकारले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने घोषणा गरिसकेको छ । निर्वाचनको कार्यतालिका समेत आयोगले सार्वजनिक गरिसकेको छ ।
यसैबीच फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन गर्ने घोषणा गरेसँगै निर्वाचनमा भाग लिनको लागि नयाँ दल दर्ता गर्न चासो राख्नेहरु बढेका छन् । निर्वाचन आयोगमा नयाँ दल दर्ताको लागि बुझ्न आउने व्यक्तिहरु धेरै भएको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनु भयो । तर नयाँ दल दर्ताको लागि भने तीन वटा मात्रै फाईल प्राप्त भएको उहाँले जानकारी दिनुभयो ।
प्रवक्ता भट्टराईकाअनुसार फागुन २१ गते हुने निर्वाचनमा भाग लिनको लागि कात्तिक मसान्तसम्म नयाँ दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने छ ।
निर्वाचन आयोगले चुनावका बारेमा छलफल गर्न आज पहिलो चरणमा ९ वटा दलहरूलाई लागि बोलाएको छ । त्यसपछि अन्य राजनितिक दलहरुसँग पनि छलफल गर्ने आयोगको योजना छ ।





