काँग्रेसमा विग्रह निश्चित छ, दोहोरो कमिटी बन्नसक्छ : अजयबाबु शिवाकोटी | ईमाउण्टेन समाचार

Our Network

माघ २७ २०८२, मंगलबार

काँग्रेसमा विग्रह निश्चित छ, दोहोरो कमिटी बन्नसक्छ : अजयबाबु शिवाकोटी

काठमाडाैं । नेपाली काँग्रेसका नेता एवं केन्द्रिय सदस्य अजयबाबु शिवाकोटीले बहुसंख्यक महाधिवेशन प्रतिनिधिहरुको मागलाई बेवास्ता नगर्न चेतावनी दिनुभएको छ । नेपाली काँग्रेसको १४ औं महाधिवेशनका बहुसंख्यक प्रतिनिधिहरुले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गर्नुभएकाले पार्टीका पदाधिकारी वा केन्द्रीय सदस्यहरुले नजरअन्दाज नगर्न चेतावनी दिनुभएको हो ।

उहाँले नेपाली काँग्रेसमा जेन–जी आन्दोलनपछिको परिस्थितिलाई नियाल्दै विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर संकलन भइरहेको छ । पार्टी सभापति देउवाले केन्द्रीय समितिको बैठकमा सम्बोधन गर्दै आफूले खड्कालाई कार्यवाहक तोकेको जानकारी दिनुभएको थियो ।

विशेष महाधिवेशनका लागि ५४ प्रतिशत  महाधिवेशन प्रतिनिधिहरुले माग गर्नुभएको हस्ताक्षर बुधबार कार्यवाहक सभापति खड्कालाई बुझाउने तयारी रहेको शिवाकोटीले बताउनुभयो । बहुसंख्यक प्रतिनिधिको मागलाई गोलमटोल बनाउने, अवरोध गर्ने  बाटोमा पदाधिकारीहरु जानु नहुने र सबै सचेत रहेको बताउनुभयो । यदी नियमित वा विशेष महाधिवेशन नभएको खण्डमा पार्टी कार्यालयमा ५० प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिहरु जम्मा भइ अधिवेशन गर्ने र नेतृत्व चयन गरी पार्टी चलाउने बताउनुभयो । यसले पार्टीमा विग्रह निम्त्याउनसक्ने भन्दै त्यो अवस्था आउन नदिन समयमै विशेष महाधिवेशन गर्नुपर्ने सुझाव दिनुभयो ।

केन्द्रीय सदस्य शिवाकोटीले संविधान मिचेर नयाँ सरकार आएको बताउनुभयो । संविधानसम्मत रुपमा संसद विघटन नभएको पनि बताउनुभयो । यसबारेमा पार्टीको केन्द्रिय समिति बैठकमा छलफल भइ निष्कर्ष निकाल्ने बताउनुभयो । जेन—जी आन्दोलनले पार्टीको जीवनमा पनि नयाँ स्थिति पैदा गरेको बताउनु भयो । जेन जी आन्दोलनले पारेका प्रभावबारे काँग्रेसले बैठकमा छलफल गर्ने बताउनुभयो । कसरी पार्टी अघि बढ्ने ? पार्टीको पुनः संरचना र रुपान्तरणको कुरा कसरी अघि बढाउने भन्नेमा विशेष छलफल हुने बताउनुभयो ।

नेता शिवाकोटीले सरकार निर्वाचन गराउने बाटोमा नरहेको आरोप लगाउनुभयो । उहाँले सरकारले निर्वाचनको मिति घोषणा गरेको तर राजनीतिक दलहरुसँग संवाद नै नगरेको बताउनुभयो । उहाँले राजनीतिक दलहरु बिना निर्वाचन सम्भव नभएको जिकिर गर्नुभयो । आम नागरिकमा जानुपूर्व पार्टीलाई ठिक बनाउनुपर्ने र मात्रै प्रतिष्पर्धात्मक राजनीतिमा जान सकिने उल्लेख गर्नुभयो ।

नेता शिवाकोटीले पदाधिकारी वा केन्द्रीय समितिका कसैले पनि विशेष महाधिवेशन वा नियमित महाधिवेशन रोक्ने काम नगर्न पनि चेतावनी दिनुभयो ।

Leave a Reply