काठमाडौं ।
महानायक राजेश हमाल र नीति शाह अभिनित म्युजिक भिडियोको छायांकन शुरु भएको छ ।मंगलवार काठमाडौंको वसन्तपुरमा गीतको भिडियो छायांकन शुरु गरिएको हो । छायांकनका क्रममा अभिनेत्री शाह, भारतीय अभिनेता राजीव पिल्लर सहभागी हुनुहुन्थ्यो । गीत पनि भारतीय अभिनेता राजीव पिल्लरको रहेको अभिनेत्री शाहले बताउनु भयो । गीत नेपाल–भारत मित्रताको बारेमा रहेको अभिनेत्री शाहले जानकारी दिनुभयो । इण्डो–नेपाल फ्रेण्डसिप म्युजिक भिडियोका सुटिङ गरिरहेको उहाँको भनाइ छ ।




