संविधान जोखिममा छ, स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनको वातावरण सरकारले बनाउन सकेनः देउवा | ईमाउण्टेन समाचार

Our Network

माघ ३० २०८२, शुक्रबार

संविधान जोखिममा छ, स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनको वातावरण सरकारले बनाउन सकेनः देउवा

काठमाडौं ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गर्ने मिति तोके पनि स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनको वातावरण बनाउन नसकेको बताउनुभएको छ ।मंगलवार पार्टी केन्द्रिय समितीको बैठकलाई केन्द्रिय कार्यालय सानेपामा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशको वर्तमान विषम परिस्थितिमा नेपाली काँग्रेसले आफूलाई एकतावद्ध, सुसंगठित बनाउँदै लोकतान्त्रिक व्यवस्थामा आस्थावान अन्य राजनीतिक दलहरुसँग समेत संवाद र सहकार्य गर्नु आवश्यक रहेको बताउनु भयो । संविधानसभाबाट नेपाली जनताले निर्माण गरेको नेपालको संविधान जोखिममा परेको दाबी गर्नुभयो ।

जननिर्वाचित सर्वोच्च संस्था प्रतिनिधिसभा असंवैधानिक तथा अलोकतान्त्रिक तवरले विघटन गरिएको बताउनु भयो । सुरक्षा निकाय मनोवल गिरेर निरिह भएको उहाँको भनाइ छ । निर्वाचनका लागि शान्ति सुरक्षाको अवस्था सामान्य बनाउने र शान्तिपूर्ण निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने बताउनु भयो । सभापति देउवाले बहुदलीय लोकतान्त्रिक व्यवस्थामा वाहक मानिने राजनीतिक दलहरुसँग सरकारले सार्थक संवादको वातावरण नबनाएको बताउनु भयो । यस अवस्थामा काँग्रेसले अन्य राजनीतिक दलहरुसँग संवाद गरी आगामी योजनाबारे छलफल गर्न आवश्यक छ ।

Leave a Reply