हमासले इजरायललाई बुझायो विपिन जोशीको भनिएको शव, पहिचान प्रक्रिया सुरु,फरेन्सिक परीक्षणपछि परिवारको जिम्मा लगाइने, विपिनको शव नेपाल ल्याउने तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८३, बुधवार

हमासले इजरायललाई बुझायो विपिन जोशीको भनिएको शव, पहिचान प्रक्रिया सुरु,फरेन्सिक परीक्षणपछि परिवारको जिम्मा लगाइने, विपिनको शव नेपाल ल्याउने तयारी

हमासको कब्जामै मृत्यु भएको दाबी गरिएका नेपाली विद्यार्थी विपिन जोशीको शव हमासले इजरायललाई सुम्पेको छ। हमासले रेड क्रसमार्फत विपिनसहित चार जनाको शव इजरायललाई हस्तान्तरण गरेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । टाइम्स अफ इजरायलका अनुसार इजरायली सेनाले रेडक्रसमार्फत विपिनसहित चार जनाको शव प्राप्त भएको पुष्टि गरेको हो। विपिनसहित गाइ इलाउज, योशी शाराबी र ड्यानियल पेरेजको शव प्राप्त भएको इजरायली सेनाले जनाएको छ। इजरायलको राजधानी तेलअभिभस्थित इजरायली सेनाको अस्पतालमा शव पु¥र्याइएको इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले पनि पुष्टि गर्नुभएको छ । फरेन्सिक परीक्षणका लागि चारै शव इजरायलको राजधानी तेल अभिभस्थित अबु काबिर फरेन्सिक इन्स्टिच्युटमा पुर्याइएको छ। त्यहाँ शव पहिचानको प्रक्रिया सुरु भएको बताइएको छ ।

फरेन्सिक परीक्षणपछि शव परिवारको जिम्मा लगाइनेछ । त्यसपछि विपिनको शव नेपाल ल्याउने तयारी छ । अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी सन् २०२३ अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका हुन् । आक्रमणको क्रममा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । हमास लडाकुहरुले विपिनलाई लिएर गएका थिए ।

Leave a Reply