काठमाडौँ ।
शनिबार स्वास्थ्य अवस्थामा समस्या आएपछि अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन्।
राष्ट्रपति पौडेललाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले आइतबार डिस्चार्ज गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
शनिबार जेनजी प्रतिनिधिलाई वार्ताका लागि बोलाएका राष्ट्रपति पौडेल स्वास्थ्य अवस्थामा समस्या आएपछि उनीहरूसँग वार्ता नै नगरी अस्पताल गएका थिए ।
पौडेलले वार्ताका लागि बोलाए पनि भेट हुन नसकेपछि राष्ट्रपति भवनमा जेनजी प्रतिनिधिसँग भएको भेटवार्तामा प्रधानमन्त्री सहभागी भएकी थिइन् ।
राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज
ताजा समाचार
बंगलादेशकाे राजनीतिक परिणामबाट नेपालले के सिक्ने ?
१७ घन्टा अघि
रास्वपाले निर्वाचन बिथोल्न खोजेकाे एमालेकाे आरोप
१७ घन्टा अघि
‘सुख्खा मौसम शुरु भएसँगै आगलागीका घटना बढ्दै’
२२ घन्टा अघि




