काठमाडौ ।
सामाजिक संजालमार्फत आतंक मच्चाउने ढंगले प्रवाह भइरहेका फेक न्युजहरुको नियम र नियन्त्रणमा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले प्रेस काउन्सिललाई सशक्त बन्न सुझाएका छन् ।
प्रेस काउन्सिल नेपालको भ्रमणमा गएका मन्त्री खरेलले आवश्यक जनशक्ति थपेर टास्क फोर्स नै गठन गरेर भने पनि फेक कन्टेन्टहरुको नियमन गर्नुपर्ने बताए।
मन्त्री खरेलले भने, ‘के भयो भने यो विकृति र विसंगतिलाई अनुगमन, नियमन र कानूनको दायरमा ल्याउन सक्छौं रु यसबारे काउन्सिलले भनोस् । अहिले २० हजार वटा सोसल मिडियाका प्लेटफर्महरु सन्चारमाध्यमार्फत सन्चालित छन्।
अधिकांश आउट अफ ट्र्याक गएका हुन् कि भन्ने पनि देखिन्छ । सामाजिक संजालमा हेर्यो भने हुँदै नभएका एआइ जेनेरेटेड कन्टेटहरुले मान्छेलाई भ्रमित बनाइरहेको छ । गलत नहोस भन्नका लागि हामी अनुगमन,नियमन र कारवाहीको दायरमा ल्याउन गम्भीर बन्नुपर्छ ।’





