भदौ २४ गते ‘जेनजी’ प्रदर्शनका क्रममा लुटिएको ३०३ राइफल बेवारिसे अवस्थामा फेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८३, बुधवार

भदौ २४ गते ‘जेनजी’ प्रदर्शनका क्रममा लुटिएको ३०३ राइफल बेवारिसे अवस्थामा फेला

काठमाडौ ।
झापामा बेवारिसे अवस्थामा ३०३ राइफल फेला परेको छ । झापाको दमक नगरपालिका–५, धनेश्वर मन्दिरको पूर्वपट्टि गेटनजिक स्थानीयवासीले आइतबार बिहान बन्दुक फेला परेको जानकारी इलाका प्रहरी कार्यालय दमकमा गराएका थिए । त्यसपछि प्रहरी निरीक्षक नवीन राईको कमान्डमा खटिएको टोली घटनास्थलमा पुगेको थियो ।

प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार, फेला परेको उक्त हतियार गएको भदौ २४ गते ‘जेनजी’ प्रदर्शनका क्रममा कार्यालयबाट लुटिएको ३०३ राइफल म्यागजिनसहित रहेको पुष्टि भएको छ ।उक्त हतियार आवश्यक कानुनी प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय दमकमा राखिएको उनले बताए ।

 

Leave a Reply