काठमाडाैं । नेपाली काँग्रेसले केन्द्रीय समितिको पूर्ण बैठकको मिति सारेर २८ गतेबाट बस्ने निर्णय गरेको छ । शनिबार बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन परामर्श समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
केन्द्रीय समितिको बैठक यसअघि असोज २६ गतेबाट बोलाइएको थियो । त्यस्तै बैठकमा अधिवेशन विधि, प्रक्रियासम्मत गर्नेबारे पनि छलफल भएको छ । साथै प्रतिनिधि सभाको निर्वाचन र संसद पुनःस्थापनाको विषयमा छलफल भएको बताउनुभयो ।
केन्द्रीय समितिमा छलफल गरेर निष्कर्ष निकाल्ने बताउनुभयो । राजनीतिक मुद्दाहरुमा पनि काँग्रेसले स्पष्ट धारणा राख्ने बताउनुभयो । कार्य सम्पादन समितिको बैठक आइतबार पनि बस्ने र केन्द्रिय समितिको एजेण्डाबारे छलफल गर्ने बताउनुभयो । संसद विघटन असंवैधानिक भएको बताउनुभयो । निर्वाचनमा जाने कुरा पनि राजनीतिक दृष्टिकोणबाट जायज रहेको बताउँदै सरकारले गम्भीरतापूर्वक काम नगरेको आरोप लगाउनुभयो ।
उहाँले गत भदौ २३ र २४ गतेको घटनालाई गहिराइमा गएर छलफल गरेको बताउनुभयो । सुशासन र सामाजिक सञ्जाल खोल्ने कुरामा केन्द्रीत आन्दोलन भएपनि दोस्रो दिनको आन्दोलनले जटिलता उत्पन्न गरेको बताउनुभयो । यसले राष्ट्रिय र राजनीतिक दलहरुको जीवनमा पनि ठूलो असर पारेको बताउनुभयो ।





