जेनजी आन्दोलनमा गोली हान्ने आदेश प्रधानमन्त्री र मैले दिएका थिएनौँ : रमेश लेखक | ईमाउण्टेन समाचार

Our Network

चैत २७ २०८२, शनिबार

जेनजी आन्दोलनमा गोली हान्ने आदेश प्रधानमन्त्री र मैले दिएका थिएनौँ : रमेश लेखक

काठमाडौ ।
निवर्तमान गृहमन्त्री रमेश लेखक रमेश लेखकले गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा सरकारले गोली हान्ने आदेश नदिएको बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा नेपाली कांग्रेसको पदाधिकारी बैठकपछि पत्रकारहरसँग लेखकले जेन(जी आन्दोलनको विषयमा कुरा गरे । आन्दोलनका क्रममा दुस्खदायी र पीडादायी घटनाहरु भएको भन्दै उनले ज्यान गुमाउनेहरूप्रति श्रद्धान्जली दिए ।

लेखकले भने, ‘आज मुलुक अत्यन्त अप्ठेरो परिस्थितिमा छ । गत भाद्र २३ र २४ गते अत्यन्त दुखद र पिडादायी घटना भए । नयाँ पिढीले केही महत्वपूर्ण र असल मागहरु राखेर प्रदर्शन गरेका थिए । तर, दुर्भाग्यवस आन्दोलनमा घुसपैठ भयो र दुस्खद पीडादायी घटनाहरू भएका छन् । यसबाट मलाई गहिरो पीडा भयो र त्यही दिन राजीनामा पनि दिएँ ।’

जेन(जी आन्दोलनमा १९ युवाहरूको गोली लागेर निधन भएपछि त्यही दिन लेखकले राजीनामा दिएका थिए । त्यसको केही दिनपछि उनी मातृशोकमा परे । १३ दिनको किरिया सकाएपछि लेखक आज सार्वजनिक भएका हुन् ।

उनले बरखी बारेकाले सेतो वस्त्र लगाएका थिए ।उनले आफूबाट गोली चलाउने आदेश नभएको र प्रधानमन्त्रीबाट पनि नभएको बताए ।प्रधानमन्त्री र गृहमन्त्रीले आदेश गरेको कुराहरू आएका छन् । यी विषयहरूमा गोली चलाउने प्रधानमन्त्री जोसुकै भए पनि, गृहमन्त्री जोसुकै भए पनि प्रधानमन्त्री र गृहमन्त्रीले आदेश गर्ने हुँदैन ।
कुनै बल प्रयोगगको आदेश गरिएको छैन प्रधानमन्त्री र मेरो तर्फबाट’, लेखकले भने ।उनले अहिले उत्तेजित हुने र आग्रह(पूर्वाग्रह एवं प्रतिशोध राख्ने समय नभएको बताए ।लेखकले सोही बेलामा पनि घुसपैठ भएको विषय सत्य देखिएको समेत बताए ।

Leave a Reply