प्रहरी महानिरीक्षक खापुङको प्रष्टीकरण- राजीनामाको चेतावनी दिएको छैन | ईमाउण्टेन समाचार

Our Network

फागुन २९ २०८२, शनिबार

प्रहरी महानिरीक्षक खापुङको प्रष्टीकरण- राजीनामाको चेतावनी दिएको छैन

काठमाडौ ।
नेपाल प्रहरीले प्रहरी महानिरीक्षक आईजीपी चन्द्रकुबेर खापुङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब दिए राजीनामा दिनेु नबताएको स्पष्टीकरण दिएको छ ।

सचिवालयमार्फत एक विज्ञप्ति जारी गर्दै उनले विभिन्न सञ्चारमाध्यममा आफूले राजीनामा दिने चेतावनी दिएकोसम्बन्धी समाचार आएको भन्दै त्यसको खण्डन गरेका हुन् ।उनको सचिवालयले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री र गृहमन्त्रीसँग सौहार्दपूर्ण छलफल भएको दावी गरिएको छ ।

‘प्रहरी महानिरीक्षकज्यूले कहीँ कतै त्यस्तो आशय झल्कने अभिव्यक्ति नदिएको जानकारी गराउँदै सम्माननीय प्रधानमन्त्रीज्यू र माननीय गृहमन्त्रीज्यूसँग भएका सुरक्षा बैठक र प्रतिवेदनहरूमा समसामयिक घटनाक्रमहरू वा सोबाट सृजित सुरक्षा चुनौतीहरूको बारेमा विश्लेषण गर्दै शान्ति सुव्यवस्था कायम गर्ने विषयमा मात्र केन्द्रित भई सौहार्दपूर्ण छलफल गरेको बेहोरा सम्बन्धित सबैलाई सूचित गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

Leave a Reply