ओलीलक्षित प्रचण्डको टिप्पणी-अहंकार अझै उस्तै ! | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८२, सोमबार

ओलीलक्षित प्रचण्डको टिप्पणी-अहंकार अझै उस्तै !

काठमाडौ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनपछि यसअघि सरकारको नेतृत्वमा रहेकाको अहंकार अझै उस्तै रहनु दुखद् भएको बताएका छन् । उनले शुक्रबार काठमाडौंमा सम्पादकहरुसँगको छलफलमा यस्तो बताएका हुन् ।

काठमाडौंमा सम्पादकहरूसँगको संवादमा प्रचण्डले एमालेका अध्यक्ष केपी ओलीलाई सङ्केत गर्दै अझै सत्तामा हुँदाजस्तै अहंकार देखाएको बताए।उनले केपी ओलीको नाम भने लिएनन् ।

उनले भने, ‘हिजो सत्ताको नेतृत्व गर्ने पार्टीका साथीहरूको अहंकार अझै गएको छैन। जनताको भावना र आवश्यकतालाई भन्दा आफ्नो मनोगत अहंकार नै आत्मरति गर्ने प्रवृत्ति अझै पनि देखिनु यो देशका लागि कम दुर्भाग्य होइन।’उनले यो घटनापछि आफूहरूले जेनजी युवाहरूको मागलाई सम्बोधन गर्ने गरी पार्टीले मार्गचित्र तय गरेको पनि बताए। जेनजीहरूको मागमा माओवादीले समर्थन गरेको बताए।

उनले विगतमा सत्तामा हुँदा कांग्रेस एमालेले सत्ताको अहंकार देखाएकै कारणले अहिलेको परिस्थिति आएको औँल्याए। यस्तो परिस्थिति आउनसक्ने भन्दै सरकारलाई आफूहरूले निरन्तर खबरदारी गराउँदा पनि नसुनेको बताए।

Leave a Reply